काठमाडौं । सुनको मूल्य हरेक दिन वृद्धि भइरहेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो । दसैंपछि नेपाली बजारमा सुनको मूल्य हरेक दिन वृद्धि भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेकोमा मंगलबार ३ सय रुपैयाँले बढेर तोलाकै १ लाख ६५ हजार ९ सय पुगेको हो ।
गत असोज २३ गते सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैं बिदा सकिएपछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड कायम भएको छ।

