काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाले संघबाट स्थानीय तहमा समायोजन भएका कम्युटर अपरेटरलाई मालपोत कार्यालयमा सरुवा गरेको छ ।
पुस २९ गते नगरप्रमुुखस्तरीय निर्णयले कम्प्युटर अपरेटर दीपक श्रीपालीलाई मालपोत कार्यालय बुर्तिबाङमा सरुवा गरेको हो । कानुनतः स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई पालिकाले सरुवा गर्न नमिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।
‘कानुनतः स्थानीय तहको कर्मचारी पालिकाले सरुवा गर्न मिल्दै,’ उनले भने, 'कानुनमा नभएकोलाई कसरी ठिक भन्न सकिन्छ र यसलाई हामी नोटिस गछौं ।’
कानुनमा हुँदै नभएको व्यवस्था विपरीत गरेको निर्णय गैर कानुनी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तामाङको भनाइ छ । ‘अन्तर निकाय सरुवा गर्न पाउने व्यवस्था नै छैन’, प्रवक्ता तामाङले भने, ‘कानुन भन्दा बाहिर गएर गरेको निर्णय त सरुवा नै हुँदैन ।’
श्रीपाली कर्मचारी समायोजनका क्रममा सिँचाइ विकास सब डिभिजन कालिकोटबाट सहायकस्तर पाँचौँमा ढोरपाटन नगरपालिकामा समायोजित भएका थिए । श्रीपालीलाई नगरप्रमुख स्तरीय निर्णय नै गरी आफूसँग भएका जिन्सी सामान अधिकृत छैटौँलाई बरबुझारथ गरी जान भनेको छ ।
‘मालपोत कार्यालयमा खटाइएको छ । यस नगर कार्यपालिकाको मिति २०७९/०९/२९ को नगर प्रमुख स्तरीय निर्णय बमोजिम अर्को आदेश वा निर्णय नभएसम्मका लागि मिति २०७९/१०/०९ देखि लागू हुने गरी तपाईँलाई मालपोत कार्यालय बुर्तिवाङ, बागलुङमा कामकाज गर्ने गरी खटाइएको छ’, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘कार्यालय प्रमुखले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुहुन र तपाईँको जिम्मा रहेका यस कार्यालयका सम्पूर्ण चल अचल जिन्सी सामानहरू अधिकृत छैटौँ श्री चण्डीराज पौडेललाई बरबुझारथ गर्नुहुन समेत जानकारी गराइन्छ ।’
कानुनमा उल्लेख नभएका कर्मचारी कसरी सरुवा गर्नुभयो भन्नेबारे प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले मालपोतमा कर्मचारी अभाव भएका कारण पठाएको बताए ।
'सरुवा गर्न मिल्दैन भनेर मेयरसापसँग अडान लिएको थिए,’ उनले भने, 'केही कुर्रा 'कम्फर्माइज’ गर्नुपर्ने रहेछ २ महिनाका लागि त्यहाँ पठाएको हौं ।’
कानुनको परिपालना गर्ने तपाईंहरुले कानुन मिच्न पाइन्छ ? भन्ने प्रश्नमा उनले – आफू केही दिनअघि काठमाडौं आएको र नगरपालिकामा गएर मेयरसँग सल्लाह गरेर निर्णयमा पुर्नविचार गर्ने बताए । यस बारे बुझ्न खोज्दा मेयर देवुकमार नेपालीले फोन रिसिर्भ गरेनन् ।
कानुनमा कहिँकतै हुँदै नभएको स्थानीय तहका कर्मचारीलाई मालपोतमा सरुवा गरेर नगरपालिकाले व्यवस्थालाई नै चुनौती दिएको छ ।
यता, श्रीपालीले नगरपालिकाले सरुवा गरेको ठाउँमा नजाने बताए । ‘आज विहान नगरप्रमुखले बोलाएर सरुवा गरेको ठाउँमा जानैपर्छ भन्नुभएको छ,' उनले भने’, 'म त्यहाँ हाजिर हुन जाँदिन के गर्नुपर्छ गर्नुहोस् भनेको छु ।’