काठमाडौं । एमाले सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।
एमाले स्रोतका अनुसार आज बसेको सचिवालय बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि म्यान्डेट लिएका छन्। सोही अनुसार ओलीले छलफलका लागि देउवालाई बोलाएको स्रोतको भनाइ छ ।
देउवासँग वार्ता गर्नकै लागि उनले सचिवालय बैठक समेत छोट्टाएका थिए।
दल विभाजन गर्नका लागि कति प्रतिशत संसदीय दल र केन्द्रीय सदस्य हुने भन्ने विषयमा ओली र देउवाबिच सहमत हुन सकेको छैन । तर, एमालेको योजनामा विभिन्न दलहरू विभाजनको प्रयास भइरहेको भन्दै विपक्षी दलले शुक्रबार बैठक नै बसेर विरोध गरेका थिए ।
बालुवाटारमा ओली-देउवाको भेट, दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल