यी हुन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्ने अख्तियारी दिने समेत निर्णय गरेको छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय
काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्ने अख्तियारी दिने समेत निर्णय गरेको छ। शनिबारकै बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न समिति पुनर्गठन गरेको छ। पुनर्गठित समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र तोकिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा उनले तोकेको व्यक्ति आयोगको सदस्य रहनेछन्। त्यस्तै पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कुमार कार्की, स्टेला तामाङ सिफारिस समितिको सदस्य तोकिएका छन्।