रवि लामिछानेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलनमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन म्याद थप गरेको हो ।

रवि लामिछानेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रहरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको छ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलनमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले ३ दिन म्याद थप गरेको हो । गत शुक्रबार पार्टी कार्यालय काठमाडौंको बनस्थलीस्बाट पक्राउ परेका लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा आज आइतबार थुकछेक बहस भएको थियो । थुनछेक बहस सकिएसँगै उनलाई ३ दिन प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।