डेंगुका कारण पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

मिश्रको ७३ वर्षीको उमेरमा निधन भएको छ । चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका मिश्रको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

डेंगुका कारण पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन
काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ । डेंगु संक्रमणपछि केही दिनअघि मात्रै नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचार उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र होटल तथा जंगल सफारीसहतिको पर्यटन प्रवद्र्धनमा सक्रिय थिए । मिश्रको ७३ वर्षीको उमेरमा निधन भएको छ । चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका मिश्रको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।