काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले एक खेलअगावै जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले सिरिज एक खेलअगावै जितेको हो । पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।
निकै रोमाञ्चक बनेको दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै नेपालले खेल सुपर ओभरमा धकेल्यो । सोपमाल कामीले सानदार बलिङ गर्दा सुपर ओभरमा अमेरिकाले दुई विकेट गुमाएर दुई रन मात्र बनाउन सक्यो । तीन रनको लक्ष्य नेपालले चौथो बलमा पूरा गर्यो ।
निर्धारित २० ओभरको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि नतिजा सुपर ओभरबाट लिइएको हो ।
अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ७ रन चाहिएको थियो । तर, सोमपालको उत्कृष्ट बलिङका कारण उसले अन्तिम ओभरमा ६ रन जोड्दा दुई विकेट गुमायो ।
अमेरिकाका लागि एन्ड्रिज गौसले ४३ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै, साइतेजा मुक्कामल्लाले ४७, मिलिन्द कुमारले १५ र शायन जहाँगीरले १४ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले ४ ओभरमा ३५ रन दिएर तीन विकेट लिए ।
यस्तै, सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर दुई विकेट हात पारे । सागर ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा एकरएक विकेट रह्यो । त्यसअघि डालासस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो ।
'सुपर ओभर'मा बाजी मार्दै नेपालले जित्यो अमेरिकाविरुद्धको टी–२० श्रृंखला
अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले एक खेलअगावै जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले सिरिज एक खेलअगावै जितेको हो । पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

