चितवनको टाँडी हिरासतमा थुनुवाको मृत्यु

हिरासत कक्षमा रहेका अपराधिक लाभ कसुर मुद्दाका थुनुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए।

चितवनको टाँडी हिरासतमा थुनुवाको मृत्यु
काठमाडौं । चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। हिरासत कक्षमा रहेका अपराधिक लाभ कसुर मुद्दाका थुनुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए। कात्तिक १ गते ५ दिनको म्याद थप गरिएका रत्ननगर-१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा भेटिएको उनले बताए। घोप्टो परेको अवस्थामा भेटेपछि उठाउँदा नउठेकोले उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा विहान ६ बजे चिकित्सकले मृत घोषणा गरेको रिजालले बताए। क्यामोदिनको शव भरतपुर अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।