सन्दीप लामिछाने आज अमेरिका जाने

भिसा प्राप्त गरेपछि अब सन्दीपले आइसीसी विश्वकप लिग–२ को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने भएका छन्।

सन्दीप लामिछाने आज अमेरिका जाने
काठमाडौं । सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएसँगै उनि आजै अमेरिका जाने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिकातर्फ जाने जानकारी दिएको हो। यस अघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टुरमा गएका सन्दीप अमेरिकाको भिसा नभएका कारण नेपाल फर्किएका थिए। भिसा प्राप्त गरेपछि अब सन्दीपले आइसीसी विश्वकप लिग–२ को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने भएका छन्।