काठमाडौं । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य माया बलको निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा गएराति साढे ८ बजे उनको निधन भएको हो । ५३ वर्षीया बल ३ वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिइन्।
सर्लाहीको हरिवन नगरपालिका ९ नयाँरोड घर भएकी बलको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साताअघि उनलाई काठमाडौं लगिएको थियो। उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो।
०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्।
१० वर्षे जनयुद्धमा उनले सर्लाहीसँगै सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा रहेर काम गरेकी थिइन्।
बलका पति, तीनवटी छोरी र एउटा छोरा छन्। उनका छोरा हाल अस्ट्रेलियामा अध्ययन गरिरहेका छन्।
उनको पार्थिव शरीर काठमाडौंबाट सर्लाही लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
माओवादी नेता बलको निधन
सर्लाहीको हरिवन नगरपालिका ९ नयाँरोड घर भएकी बलको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साताअघि उनलाई काठमाडौं लगिएको थियो। उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो।

