काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
बैठक संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
यता, नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको कात्तिक १० गते सय दिन पुग्दैछ । सरकारले अहिलेसम्म गरेका कामको थप समीक्षा गरेर सदन र सडक आन्दोलनलाई सशक्त बनाउने तयारी भइरहेको विपक्षी दलका नेताले बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले तीन महिनाको अवधिसम्म गरेका काम निराशाजनक रहेको उनीहरूको निष्कर्ष छ ।
प्रचण्डले किन बोलाए विपक्षी दलहरूको बैठक
सरकारले अहिलेसम्म गरेका कामको थप समीक्षा गरेर सदन र सडक आन्दोलनलाई सशक्त बनाउने तयारी भइरहेको विपक्षी दलका नेताले बताएका छन् ।

