प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

यसअघि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाइएको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ ५ बजेका लागि बैठक तय भएको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने बताइएको छ । यसअघि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाइएको छ ।