टी -२० आई क्रिकेट : नेपालद्वारा अमेरिका १७ रनले पराजित

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए ।

टी -२० आई क्रिकेट : नेपालद्वारा अमेरिका १७ रनले पराजित
काठमाडौं । नेपालले अमेरिकालाई टी–२० आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ। टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिकालाई १७ रनले हराएको छ। १६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन। अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए । साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७(२७ रन बनाए। गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए। यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके। दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्। लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ।