नवलपरासी । पश्चिम नवलपरासीमा तीर्थ यात्रु सवार भारतीय गाडी दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफ टी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।
बसको स्टेरिङ फेल भई अनियन्त्रित हुँदा सडकबाट १० मिटर तल घोलामा पल्टिएको थियो।
बसमा सवार ६० जना मध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । घाइतेहरूमध्ये एक जनाको मृत्यु भएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।
तीर्थ यात्रु सवार बस दुर्घटना
जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफ टी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।