आज गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

२०८० माघ ९ गतेको गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार कोजाग्रत पूर्णिमा दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आज गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । आज (कात्तिक १ गते) गण्डकी र कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी र कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो। २०८० माघ ९ गतेको गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार कोजाग्रत पूर्णिमा दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो। आज गण्डकी र कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन्।