स्याङजाको सुन्तला र पर्यटन प्रवर्दधनमा अध्यक्ष ढकालले सहकार्य गर्ने

उनले यो डेढ वर्षको अबधिमा लगानी प्रवर्दनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून संशाेधन गरेको जानकारी गराए ।

स्याङजाको सुन्तला र पर्यटन प्रवर्दधनमा अध्यक्ष ढकालले सहकार्य गर्ने
स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताए । 'जिल्ला जिल्लाका व्यावसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन,' ढकालले भने, 'यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।' उनले यो डेढ वर्षको अबधिमा लगानी प्रवर्दनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून संशाेधन गरेको जानकारी गराए । नीजि क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्यालगायतका विषयमा आफूहरु निरन्तर लागिरहेको समेत बताए ।