भारतका उद्योगपति रतन टाटाको निधन

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको जानकारी गराएका हुन्। उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरै दिग्गजले दुःख व्यक्त गरेका छन्।

भारतका उद्योगपति रतन टाटाको निधन
काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उद्योगपति टाटाको उपचारका क्रममा बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको हो। टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको जानकारी गराएका हुन्। उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरै दिग्गजले दुःख व्यक्त गरेका छन्। रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। उनले ९ अक्टोबर २०२४ मा अन्तिम सास फेरे। भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मान गरेको छ।