काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन् । “पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,” गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हिजो बोलेका शब्द–शब्दको हेक्का छ । भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।”
जनताको लाइफलाइन बदल्न आफूले मिहिनेत गरिरहेको पनि उनले बताएका छन् । मिडियाको हेडलाइन म बदल्न सक्दिनँ । तर, जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु । धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ,” उनी फेसबुकमा लेख्छन् ।
गृहमन्त्रीले भने - 'भोट माग्दा गरेका वाचाहरुको हेक्का छ'
मिडियाको हेडलाइन म बदल्न सक्दिनँ । तर, जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु । धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ,” उनी फेसबुकमा लेख्छन् ।

