काठमाडौं । हाल कोसी प्रदेशसहित मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ। त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित मधेस र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ।
आज बिहान कोसी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै कोसी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षासमेत भइरहेको छ।
आज दिउँसो पनि कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि कोसी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने अनुमान छ।
देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
यी तीन प्रदेशमा मनसुन अझै सक्रिय
आज राति पनि कोसी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने अनुमान छ।

