मेलम्चीको पानी आजदेखि काठमाडौं आउने

मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।

मेलम्चीको पानी आजदेखि काठमाडौं आउने
काठमाडौं । आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदैछ। मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर संघर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दसैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो । मन्त्री यादवसहितको टोली र मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा संघर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आउने भएको हो ।