एकैपटक ७० जना सीडीओ र सहायक सीडीओको सरुवा, को कहाँ पुगे (सूचीसहित)

सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयबाट सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो ।

एकैपटक ७० जना सीडीओ र सहायक सीडीओको सरुवा, को कहाँ पुगे (सूचीसहित)
काठमाडौं । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयबाट सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो । आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयलेका सूचना अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।