नख्खु खोलामा एक युवकको शव फेला

गौर नगरपालिका ६ घर भई ललितपुर महानगरपालिका १४ ताल्छीखेल बस्दै आएका थिए। आइतबार उनको शव खोलामा फेला परेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

नख्खु खोलामा एक युवकको शव फेला
फाइल तस्बिर काठमाडौं । ललितपुरको नख्खु खोलामा एक युवकको शव फेला परेको छ। ललितपुर महानगरपालिका २५ हारमोनी कोलेनीस्थित नख्खु खोलामा रौतहटका ३० वर्षीय बिकाउ साह मृत फेला परेका हुन्। गौर नगरपालिका ६ घर भई ललितपुर महानगरपालिका १४ ताल्छीखेल बस्दै आएका थिए। आइतबार उनको शव खोलामा फेला परेको ललितपुर प्रहरीले जानकारी दिएको छ।