माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गुमाए

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गुमाए
काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । पछाडि सवार अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।