काठमाडौंबाट मोरङ हिडेको माइक्रो बस सिन्धुलीमा दुर्घटना

काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट मोरङ हिडेको माइक्रो बस सिन्धुलीमा दुर्घटना
काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ। माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छन्। उनीहरुलाई अर्को बसमा गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ।