नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको जहाज झापामा अवतरण

काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको जहाज झापामा अवतरण
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । शुक्रबार बिहान करिब ७स्३० बजे उडेको उक्त एयरलाइन्सको क्यू-४०० विमान खराब मौसमका कारण काठमाडौं बस्न नसकेको हो । चन्द्रगढी विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार बिहान काठमाडौंको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन सकेन । काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।