नेपालमै बनेको हुन्डाइ भेन्यु ई बिक्री सुरू, दशैं-तिहारमा छुट

लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।

नेपालमै बनेको हुन्डाइ भेन्यु ई बिक्री सुरू, दशैं-तिहारमा छुट
काठाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यू ई’ भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यु एस र एस एक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो। कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यवसायिक उत्पादन सुरु गरिएसँगै ‘हुन्डाइ नेपालस् मेड फर योर जर्नी’ क्याम्पेन पनि सुरु गरेको थियो। कम्पनीले हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यू ई को प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४०,९६,००० कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप छुट नहुने कम्पनीले जनाएको छ। हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरियन्टहरुको मूल्य भेन्यु (S) 1.2 को ४४,९६,००० र भेन्यु (SX) 1.2 को मूल्य ५३,५६,००० कायम गरिएको छ। कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ। लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।