लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए

इजरायली सेनाले बेरुतमा लक्षित हमला गरेको बताएको छ। यसैबीच लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ।

लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए
काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। लेबनानी अधिकारीहरूका अनुसार यो आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको हो। यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ। इजरायली सेनाले बेरुतमा लक्षित हमला गरेको बताएको छ। यसैबीच लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। ५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा हुन्, उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए। अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले कमेल अहमद जवादको मृत्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन्।