गाउँको सेवामा खटिइरहेका शक्तिराम !

सामाजिक सुरक्षा भत्ता वितरणमा होस् या अन्य कुनै विपद्मा उनी सहयोगीको रुपमा खटिन्छन् । सामाजिक सेवासँगै राजनितिक रुपमा अघि बढेका थापा यसअघि नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

गाउँको सेवामा खटिइरहेका शक्तिराम !
रोसन थापा, बडिगाड । बागलुङ जिल्ला बडिगाड गाउँपालिका १० का शक्तिराम थापा वडामा भइरहेका कामहरुमा सहयोगीको रुपमा सक्रिय छन् । सामाजिक सुरक्षा भत्ता वितरणमा होस् या अन्य कुनै विपद्मा उनी सहयोगीको रुपमा खटिन्छन् । सामाजिक सेवासँगै राजनितिक रुपमा अघि बढेका थापा यसअघि नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । गाउँको पूर्वाधार विकाश तथा समाजिक कामका लागि बेला बेला काठमाडौं पुुगेर त्यहाँको समस्याहरु राख्दै आएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष विरेन्द्र बुढाका अनुुसार थापा विपद्का बेला पनि जनताको सेवामा खटिरहेको बताए । ''गाउँमा सुरक्षा भत्ता वितरणमा बृद्ध बृद्धालाई सहज होस् भनि घर घरमै गएर आवश्यक सहयोग गरिरहेको छु,'' उनले भने, ''सामाजिक सेवा मेरो प्राथमिकता हो ।''