काठमाडौं । सडक यातायात सहज नभएसम्म आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले महँगो दरको टिकट नबेच्ने भएका छन्।
आन्तरिक वायुसेवाहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले यसअघि गरेको निर्णय अनुसार बुधबारसम्मको लागि महँगो भाडादरको टिकट नबेच्ने उल्लेख थियो ।
बुधबारसम्म पनि सडक यातायात सहज नहुने देखिएकोले वायुसेवा कम्पनीहरुले पनि महँगो भाडादर नलिने र आम सर्वसाधारणलाई राहत दिने प्रयास गरेको वायुसेवा सञ्चालकहरुको भनाइ छ ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा तत्कालका लागि माथिल्लो सिमाको (महँगो) भाडादर नलिने निर्णय गरेको उल्लेख छ ।
सडक यातायात सहज नभएसम्म विमानको टिकट सस्तो हुने
आन्तरिक वायुसेवाहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले यसअघि गरेको निर्णय अनुसार बुधबारसम्मको लागि महँगो भाडादरको टिकट नबेच्ने उल्लेख थियो ।