बाढीपहिरो: मृतकको संख्या १९२ पुग्यो, ३० जना बेपत्ता

बाढीपहिरोपछि खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी जनाको उद्धार गरिएको उनले बताए।

बाढीपहिरो: मृतकको संख्या १९२ पुग्यो, ३० जना बेपत्ता
काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्‌मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछि खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी जनाको उद्धार गरिएको उनले बताए। बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए।