गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

दरौँदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार उक्त बस सोही दिन राति १० बजे खानीखोलामा पुगेपछि सम्पर्क भएको थियो । तर, त्यसपछि भने सम्पर्क नभएको उनले जनाएका छन् ।

गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन
काठमाडौं । गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार ११ असोज बिहान उक्त बस गोरखाको धार्चे गाउँपालिकाको लापुवेसीबाट काठमाडौंका लागि छुटेको थियो । दरौँदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार उक्त बस सोही दिन राति १० बजे खानीखोलामा पुगेपछि सम्पर्क भएको थियो । तर, त्यसपछि भने सम्पर्क नभएको उनले जनाएका छन् । उनले बसरमा कति यात्रु थिए भन्ने यकिन भइनसकेको पनि जानकारी दिए । आफूहरूले खोजी गरिरहे पनि हालसम्म फेला पार्न नसकिएको उनको भनाइ छ । खोजी कार्यमा सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।