आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। त्यसैगरी उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव नेपालमा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।