बाढीपहिरो : ७५ जनाले गुमाए ज्यान, ४३ जना अझै बेपत्ता

धादिङमा एक जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ। मकवानपुरमा ७ जनाको मृत्यु भएको छ। दोलखामा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन्। रुपन्देहीमा २ जना बेपत्ता छन्।

बाढीपहिरो : ७५ जनाले गुमाए ज्यान, ४३ जना अझै बेपत्ता
काठमाडौं । बिहीबार रातिदेखि अविरल परेको वर्षाका कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको पछिल्लो विवरण अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन्। बागमती प्रदेशका अन्य जिल्लामा थप ३४ जनाको ज्यान गएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जना अझै बेपत्ता छन्। १५ जना घाइते भएका छन्। काठमाडौंमा ११ जनाको ज्यान गएको छ। १० जना घाइते र ६ जना बेपत्ता छन्। भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै मानवीय क्षति ललितपुरमा भएको छ। ललितपुरमा १८ जनाको ज्यान गएको छ। ५ जना घाइते भएको र १५ जना बेपत्ता रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ। काभ्रेमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएको र १६ जना बेपत्ता रहेको पनि प्रहरीले जानकारी दिएको छ। सिन्धुलीमा एक जनाको शव फेला परेको छ। धादिङमा एक जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ। मकवानपुरमा ७ जनाको मृत्यु भएको छ। दोलखामा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन्। रुपन्देहीमा २ जना बेपत्ता छन्। कोसी प्रदेशमा ८ जनाको ज्यान गएको छ। पाँचथरमा ५ जना र घनकुटामा २ जनाको मृत्यु भएको हो। झापामा ३ जना र पाँचथरमा ५ जना अझै बेपत्ता छन्। महोत्तरीमा एक जना बेपत्ता छन्।