बाढी र पहिरोमा परी काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार शनिबार १२ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको हो । १ जना भने बेपत्ता भएका छन् ।

बाढी र पहिरोमा परी काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु
काठमाडौं । बाढी पहिरोका कारण काठमाडौंका विभिन्न ठाउँहरुमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार शनिबार १२ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको हो । १ जना भने बेपत्ता भएका छन् । त्यसैगरी २२६ घर डुबानमा परेको एसएसपी घिमिरेले बताए । काठमाडौंमा मात्रै उद्दारका लागि ३ हजार ६० सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी ललितपुरमा पनि ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको उनले बताए ।