भक्तपुरमा पहिरोले घर बगाउँदा गर्भवती युवतीसहित तीन जनाको मृत्यु

घटनास्थलमा सशस्त्र प्रहरी निरीक्षक भुपाल बिक्रम शाहको कमाण्डमा १० जनाको टोली खटिएको छ। मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको छ।

भक्तपुरमा पहिरोले घर बगाउँदा गर्भवती युवतीसहित तीन जनाको मृत्यु
फाइल तस्बिर काठमाडौं । भक्तपुरमा पहिरोले टहरो बगाउँदा गर्भवती युवतीसहित ३ जनाको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका ९ पलासेँमा पहिरोले टहरो बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। कालिकोट स्थायी घर भइ हाल सूर्योदय नगरपालिका- ९ पलाँसेमा जग्गा भाडामा लिएर टहरो बनाई बस्दै आएकाहरुलाई पहिरोले पुगेको हो। मृत्यु हुनेमा गर्भवती युवती २४ वर्षीया दमिला शाही, उनकी ४ वर्षीया छोरी प्रिया र दमिलाकी बहिनी १४ वर्षीया मनिषा छन्। अबिरल बर्षाको कारण माथिबाट पहिरो खस्दा उनीहरुको मृत्यु भएको सशस्त्र प्रहरी बल २२ नम्बर गण गुहेश्वरी भक्तपुरले जनाएको छ। घटनास्थलमा सशस्त्र प्रहरी निरीक्षक भुपाल बिक्रम शाहको कमाण्डमा १० जनाको टोली खटिएको छ। मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको छ।