काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।
आज साँझ प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटवार्तामा गौतमलाई उपसभामुख बनाउने सहमति भएको हो ।
स्रोतका अनुसार छलफलमा ओलीले गौतमलाई भोलिको लागि तयार रहन भनेका । यद्यपी, रास्वपाले उपसभामुख पाएपछि औपचारिक रुपमा उम्मेदवार टुंग्याएको छैन ।
उपसभामुखको उम्मेदवार छान्न भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् । उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीसहित एमालेका मणिराम फुयाँल, राप्रपाकी कुन्ती पोखरेललगायतलाई पराजित गरेकी थिइन् ।
उपसभामुखमा रास्वपाकी गौतम !
स्रोतका अनुसार छलफलमा ओलीले गौतमलाई भोलिको लागि तयार रहन भनेका । यद्यपी, रास्वपाले उपसभामुख पाएपछि औपचारिक रुपमा उम्मेदवार टुंग्याएको छैन ।

