बदलिँदो समय

जनता खोज्दैछन् परिवर्तन, सत्ता लुछ्ने खेल चलेछ यहाँ, छैन कुनै बलिदान । हातमा कुर्सी, मनमा आफन्त, आँखामा लोभ, जसले पायो, उहीँ अघि बढेछ, जनताको कहिल्यै मरेन रोग र भोक। पुरानो पार्टी र नयाँ पार्टीको द्वन्द्वमा, जनताको मन बिझ्न थालेछ, नयाँ पुरानो दुबैमा । नकारात्मकताले देश विस्तारै ढ…

बदलिँदो समय
जनता खोज्दैछन् परिवर्तन, सत्ता लुछ्ने खेल चलेछ यहाँ, छैन कुनै बलिदान । हातमा कुर्सी, मनमा आफन्त, आँखामा लोभ, जसले पायो, उहीँ अघि बढेछ, जनताको कहिल्यै मरेन रोग र भोक। पुरानो पार्टी र नयाँ पार्टीको द्वन्द्वमा, जनताको मन बिझ्न थालेछ, नयाँ पुरानो दुबैमा । नकारात्मकताले देश विस्तारै ढाक्दै, देशको मुहार निराशा, असन्तुष्टि र मलिन भयो बाक्लै। चाहिन्छ उज्यालो देशलाई, कुर्सी मोह त्याग्न अनुरोध, सबै जुटी, सबै मिली देश अघि बढाऔं, नगरौँ अवरोध। नयाँ पुस्ता सक्षम, अघि बढ, नयाँ नेपाल सुरूवातको किताव पढ। -रविन्द्र ढकाल