काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्धभाव खलल पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङ बसपार्क उद्घाटन भएपनि बसपार्क सञ्चालनमा नआएको भन्दै शिलालेख फुटाउने धम्की दिएका एकबहादुर केसीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्माका अनुसार नगरपालिकाले दिएको उजुरीका आधारमा ३७ वर्षीया केसीलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएका उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्धा चालाइएको छ । प्रहरीका अनुसार पक्राउ परेको केसीलाई पाँच दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अगाडी बढाइएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको बागलुङ बसपार्क सञ्चालनमा नआएको भन्दै केसीले शिलालेख फुट्याउने धम्की दिएका थिए ।
बागलुङ नगरको उजुरीमा पक्राउ परे एकबहादुर, दिएका थिए बसपार्कको शिलालेख फुटाउने धम्की
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्माका अनुसार नगरपालिकाले दिएको उजुरीका आधारमा ३७ वर्षीया केसीलाई पक्राउ गरिएको हो ।

