पूर्वसांसद ढाकाकुमार ७५ हजार रुपैयाँमा धरौटीमा छुटे

जिल्ला अदालत कास्कीका न्यायाधीश भोला ढकालको इजालसले बिहीबार ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने थुनछेक आदेश दिएको हो।

पूर्वसांसद ढाकाकुमार ७५ हजार रुपैयाँमा धरौटीमा छुटे
पोखरा । लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश भोला ढकालको इजालसले बिहीबार ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने थुनछेक आदेश दिएको हो। उनी भदौ २७ गते पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट पक्राउ परेका थिए। साउन ३ गते लागुऔषध मुद्दामा प्रकाउ परेका युवाले बयान दिएपछि दिया फार्मेसीका सञ्चालकसमेत रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका– ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो। प्रहरीले उनको साथबाट ९७ ट्याब्लेट ट्यापेन्टाडोल बरामद गरेको गरेको थियो। वयानमा डा। ढाकाको फार्मेसीबाट खरिद गरेको बताएपछि अनुसन्धानमा तानिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेको डा। ढाकाले मेडिकल व्यवसायी दुर्गा प्रसाँईसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका थिए। रवि लामिछानेका पूर्वसहकर्मी ढाका जिल्ला कार्यालय कास्कीको हिरासतमा लामिछानेका अर्का पूर्वसहकर्मी छविलाल जोशीसँगै केही दिन बसे।