धादिङको गल्छीमा पहिरोले कार पुरियो

ग.२ च ७८८५ नम्बरको कार सुख्खा पहिरो खसेर पुरिएको हो । घाइतेमध्ये दुई जनाको बैरेनी अस्पतालमा उपचार हुँदै छ भने अन्यको अवस्था सामान्य छ ।

धादिङको गल्छीमा पहिरोले कार पुरियो
फाइल तस्बिर काठमाडौं । धादिङको गल्छीस्थित पृथ्वी राजमार्गमा पहिरोमा परेर एउटा कार पुरिएको छ । यद्यपि कारमा सवार चालक सहित चार जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ग.२ च ७८८५ नम्बरको कार सुख्खा पहिरो खसेर पुरिएको हो । घाइतेमध्ये दुई जनाको बैरेनी अस्पतालमा उपचार हुँदै छ भने अन्यको अवस्था सामान्य छ ।