काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत छ। हाल मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला (बिहीबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान महाशाखाको छ।
दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यसैगरी कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
देशका तराई भूभागका केही स्थानहरुमा हावा हुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
यी ५ प्रदेशमा आज भारी वर्षा हुने अनुमान
हाल देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत छ। हाल मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

