काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्केर रोजगारीका अवसर सृजना गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको वल्ड लिडर्स फोरममा बोल्दै उनले सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरूबिना मुलुक रूपान्तरण हुन सक्दैन भन्नेमा आफू स्पष्ट रहेको बताए । युवालाई राष्ट्र निर्माणमा एकजुट हुन उनले आग्रह गरे ।
‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको दाबी गरे ।
'नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन । म समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, हामीले मेहनत गरेमा छोटो समयभित्र हासिल गर्न सक्नेछौं,' उनले भने, 'हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ । भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ । त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।'
नेपालको आर्थिक अवस्था धेरै कमजोर छैन: प्रधानमन्त्री ओली