चट्याङ लागेर मृत्यु भएकी घर्तीको परिवारलाई २ लाख ५० हजार राहत हस्तान्तरण

संघ सरकारको २ लाख र प्रदेश सरकारको ५० हजार गरी २ लाख ५० हजार राहत हस्तान्त्रण गरिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

चट्याङ लागेर मृत्यु भएकी घर्तीको परिवारलाई २ लाख ५० हजार राहत हस्तान्तरण
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-३ किटेनीमा चट्याङ लागेर मृत्यु भएकी २३ वर्षीया रञ्जना घर्तीको परिवारलाई राहत हस्तान्तरण गरिएको छ । संघ सरकारको २ लाख र प्रदेश सरकारको ५० हजार गरी २ लाख ५० हजार राहत हस्तान्त्रण गरिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर मृत्यु भएकी घर्तीको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगर, वडाध्यक्ष रमेशविक्रम शाहीलगायत राहत रकम लिएर मृतकको घरमा पुगेका थिए ।