बडिगाड खोलामा युवतीको शव फेला

मंगलबार बिहान अन्दाजी २२ वर्षीया युवतीको शव फेला परेको बडिगाड गाउँपालिका अध्यक्ष वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

बडिगाड खोलामा युवतीको शव फेला
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-५ को खारबजार नजिकै बडिगाड खोलामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान अन्दाजी २२ वर्षीया युवतीको शव फेला परेको बडिगाड गाउँपालिका अध्यक्ष वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उनको पहिचान हुन सकेको छैन ।