छविलाललाई ५ दिन हिरासतमा राखेर अनुन्धान गर्न अदालतको अनुमति

कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो ।

छविलाललाई ५ दिन हिरासतमा राखेर अनुन्धान गर्न अदालतको अनुमति
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो । जोशीलाई प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार अदालतबाट पाँच दिनको म्याद थप भएको हो । ‘अब जोशीको बयान र प्रमाण जुटाउने काम शुरू हुन्छ,’ उनले भने ।