एसपी भुवनेश्वर तिवारीको कमजोर सुरक्षा व्यवस्थापनका कारण हिरासतबाट १० जना थुनुवा भागे

हिरासत तोडेर भाग्नेहरुमा अमित कुमार झा, रञ्जित मण्डल, रोशन कुमार मण्डल, अभाष्कर कुमार यादव, विशाश मुखिया, सुमित मेस्तर, मनिस मण्डल र बिकि कार्की लगायत छन् ।

एसपी भुवनेश्वर तिवारीको कमजोर सुरक्षा व्यवस्थापनका कारण हिरासतबाट १० जना थुनुवा भागे
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट १० जना थुनुवा भागेका छन् । हिरासत कक्षको भेन्टिलेसन तोडेर थुनुवा भागेका हुन् । हिरासत तोडेर भाग्नेहरुमा अमित कुमार झा, रञ्जित मण्डल, रोशन कुमार मण्डल, अभाष्कर कुमार यादव, विशाश मुखिया, सुमित मेस्तर, मनिस मण्डल र बिकि कार्की लगायत छन् । भागेका मध्ये १ जना थुनुवालाई भने पक्राउ गरिएको छ । धनुषा प्रहरीको कमान्ड एसपी भुवनेश्वर तिवारीले समालिरहेका छन् । कमजोर सुरक्षा व्यवस्थापन र प्रहरी कर्मचारीहरूको बिचमा समन्वयको कमी हुँदा थुनुवाहरू भाग्न सफल भएको प्रहरी अधिकृतहरू बताउँछन् ।