रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमा

आइतबार ह्वाट्स एपमा सन्देशमार्फत उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिकरूपमा बोलाइएको हो ।

रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीसहित काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूलाई पार्टी कार्यालय वनस्थलीमा बोलाएको छ । आइतबार ह्वाट्स एपमा सन्देशमार्फत उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिकरूपमा बोलाइएको हो । अहिले छलफल जारी रहेको बताइएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रहेका छविलाल जोशी आजै पक्राउ परिसकेका छन् । अहिले रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरू पनि बाक्लो उपस्थिति छ ।