दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

व्यवसायी प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले आइतबार भक्तपुरको मध्यपुर थिमिस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौं ल्याइएको थियो ।

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। व्यवसायी प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले आइतबार भक्तपुरको मध्यपुर थिमिस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौं ल्याइएको थियो । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ। प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ।