तमानखोलाकी सुत्केरी सुनिताको हेलिकप्टरमार्फत उद्धार

बागलुङको तमानखोला गाउँपालिका—१ बोङ्गा दोभानकी २० वर्षिय सुनिला श्रीपालीको स्वास्थ्यमा थप जटिलता आएपश्चात आइतबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

तमानखोलाकी सुत्केरी सुनिताको हेलिकप्टरमार्फत उद्धार
बागलुङ । शनिबार साँझदेखि सुत्केरी व्यथा लागेर स्वास्थ्यमा थप जटिलता देखिएपछि हेलिकप्टर मार्फत उनको उद्दार गरिएको छ । बागलुङको तमानखोला गाउँपालिका—१ बोङ्गादोभानकी २० वर्षिय सुनिला श्रीपालीको स्वास्थ्यमा थप जटिलता आएपश्चात आइतबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । शनिबार साँझ करिब ९ बजे सुत्केरी व्यथा लागेर स्थानीय स्थास्थ्यकर्मीको सल्लाहमा विकलाई परिवारले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागेकी उनलाई आइतबार बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरिर काप्ने, बेहोस हुन थालेपछि आमा बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले हेलिकप्टर मार्फत काठमाडौं पठाईएको स्वास्थ्य केन्द्रका डाक्टर नविन्द्र ढकालले बताए ।