काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ ।
संविधान दिवसको अवसरमा असोज ३ देखि ५ गतेसम्म आयोजना भएको अन्तर बैंक फुटसल प्रतियोगितामा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्था सहभागी थिए । प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरू सहभागी रहेका थिए ।
अन्तर बैंक फुटसल २०८१ को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आईएमई बैंक विजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुषतर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ ।
उक्त प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आईएमई बैंकले गरिमा विकास बैंक र महिलातर्फ ग्लोबल आईएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो ।
ग्लोबल आईएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पुरुषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आईएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए ।
साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आईएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन् ।
साथै, आफ्नो सबै खेलहरूमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आईएमई बैंकको महिला टोलीको गोल रक्षक केशमाया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत हात पारेकी छिन् ।
ग्लोबल आईएमई बैंकको पुरुष र महिला टोली एउटै सँस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रूपमा हेर्ने गरिन्छ ।
अन्तर बैंक फुटसल २०८० मा महिलातर्फको उपाधि पनि ग्लोबल आईएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आईएमई बैंकको महिला तर्फको विजेता उपाधि लगातार दोस्रोपटक हो ।
ग्लोबल आईएमई बैंकले जित्यो अन्तर बैंक फुटसलको उपाधि
अन्तर बैंक फुटसल २०८० मा महिलातर्फको उपाधि पनि ग्लोबल आईएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आईएमई बैंकको महिला तर्फको विजेता उपाधि लगातार दोस्रोपटक हो ।

